November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पार्टी विभाजनको औपचारिक घोषणा नहुँदै ओली पक्षले कार्यलय कब्जा गर्दै

2.1K

काठमाडौं– पार्टी औपचारिक रुपमा विभाजन नहुँदै कार्यालय कब्जा गर्ने होडबाजी नेकपामा सुरु भएको छ।

पार्टीका भौतिक संरचना हडप्ने क्रमको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ताला लगाएर पार्टी कार्यालय कब्जा गर्ने प्रारम्भ सुरु भएको छ। 

प्रधानमन्त्री ओली पक्षले बैठक बालुवाटारमा आयोजना गर्ने भएपछि केन्द्रीय कार्यालयमा ताला लगाइएको छ। यसअघि पनि धुम्बाराहीमा बोलाइएको बैठकमा प्रधानमन्त्री ओली सहभागी भएको विरलै उदाहरण छन्।

Advertisement

ओली पक्षले केन्द्रीय कार्यालय कब्जा गरेपछि प्रचण्ड-माधव समूहले केन्द्रीय समितिको बैठक पार्टी प्यालेसमा बोलाउन बाध्य भएको छ।