-शारदा खवास
दोहा । कतारको भन्सार विभागले हमाद विमानस्थलबाट कतारमा प्रतिबन्धित सुर्ति बरामद गरेको छ । शंकाको आधारमा विमानस्थलका भन्सार अधिकृतले एक यात्रुको झोलामा लुकाएर ल्याएको २६ दशमलव ९५ केजी प्रतिबन्धित सुर्ति फेला पारेको हो ।
विभागले सो घटनामा कुन देशको नागरिक पक्राउ परे भन्नेबारे भने खुलाएको छैन । विभागले प्रतिबन्धित वस्तुको तस्बिर सेयर गर्दै त्यस्ता गैरकानूनी पदार्थलाई देशभित्र लैजान नदिन चेतावनी दिएको छ ।
अवैध सामान ल्याउन रोक गर्दै देशमा उपलब्ध अत्याधुनिक मेसिनले तस्करीको हाउभाउ तथा प्रकृति सजिलैसँग पत्ता लगाउन सक्ने विभागले बताएको छ ।