November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लिम्बू कथानक चलचित्र ‘रीत’ वलिहाङ तङ्नामबाट प्रदर्शन हुने

5.5K

काठमाडौं । लिम्बू कथानक चलचित्र ‘रीत’ को छायांकन सम्पन्न भएको छ । शनिबार काठमाडौ रातोपुलस्थित रकहाउसमा आयोजित एक समारोहबीच चलचित्र छायांकन सम्पन्न भएको जानकारी गराइएको हो ।

कार्यक्रम फाल्गुनन्द फिल्म्स प्रालिको आयोजनामा वरिष्ठ निर्देशक तथा चलचित्रकर्मी अशोक शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा पुर्व मेजर जर्णेल होमितकुमार लावती, किरात याक्थुङ चुम्लुङ संघीय सचिव यासेली योङ्हाङ, याक्थुङ मुन्च इत चोक सयङ लिम्बुवान प्रदेश समितिका अध्यक्ष भुपेन्द्र तुम्बाहाङ्फे, हाक्पारे पालाम सयङका अध्यक्ष रुपा आङ्बुहाङ, चलचित्र निर्देशक सागर सुब्बा, हाङ चेम्जोङ, निर्देशक लोकेन सांवा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

फाल्गुनन्द लिङ्देन फिल्म्स प्रा.लिको व्यानरमा निर्मित चलचित्र रीतलाई सागर केरुङ्ले लेखेका हुन भने दिनेश लिङ्देनले निर्देशन गरेका छन् । ताप्लेजुङको सिनाम, पान्थर र काठमाडौमा छायांकन गरिएको चलचित्रमा लक्ष्मी योङ्हाङ, बिमला खजुम, तान्छोहाङ इङ्नाम, सागर केरुङ, यासेली योङ्हाङ, प्रभु कुरुम्बाङ, दिनेश माङ्मु, राजु घिमिरे, तेज मेन्याङ्बो, सोनु थोक्लिहाङ, भिम थेबे, पुर्ण सेलिङ, नितु नेम्बाङ, एन्जिला नेम्बाङ, रत्ना लिङ्देन, नन्दु तुम्बापो लगायतको अभिनय रहेको छ ।

Advertisement

चलचित्रमा छायांकन सुमन योन्जन, नृत्य निर्देशन दिनेश माङ्मु, शब्द यासेली योङ्हाङ र हर्क मानको रहेको छ भने संगीत अशोक लोहरुङ, मान तबेबुङ र स्वर सुसन साम्सुहाङ, श्रेयासी चेम्जोङको रहेको छ ।

मितकुमार लावती, आशा नेम्बाङ र विष्णुकुमार इङ्नामको निमार्णमा बनेको उक्त चलचित्र आगामी वलिहाङ तङ्नामबाट प्रदर्शन हुने जनाइएको छ ।