November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बागमती प्रदेशमा आजदेखि बजेटमाथि छलफल

2.9K

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दैछ। आज बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेटमाथि छलफल हुनेछ। प्रदेशसभामा विषयगत मन्त्रालयको  बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट ल्याएको थियो। आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट संसदमा पेस गरेका थिए।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा १३ अर्बले बढाएर ल्याएको छ। गत जेठ १६ गते सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १९ गतेको संसद बैठकले बहुमतले पारित गरेको  थियो। 

Advertisement

सरकारले नीति तथा कार्यक्रम र बजेटमा भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको छ।