November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनए कतारद्वारा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा २ सय बढीको स्वास्थ्य परीक्षण

4.6K

-शारदा खवास

दोहा । गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारद्वारा आयोजना गरिएको निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम २ सय बढीले स्वास्थ्य परीक्षण गरेका छन् ।

कतारमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको लागि लक्षित गरि शुक्रबार १ दिने निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको थियोे ।

Advertisement

एसियन मेडिकल सेन्टर वक्रामा सम्पन्न शिविरमा २ सय बढीले स्वास्थ्य परिक्षण गरेको एनआरएनएका प्रवता सन्तोष क्षेत्रीले जानकारी दिएका छन।

स्वास्थ्य परीक्षण कार्यक्रममा एनआरएनए आइसिसीका पदाधिकारीहरूसहित नेपाली दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनाल, लेबर कन्सुलर कृष्ण खनाल,दूतावासका द्वितीय सचिव प्रवीण भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य परीक्षणमा १५ जना विशेषज्ञ डाक्टरहरुसहितको टिमले स्वास्थ्य परामर्श, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, बिएमआइ (उचाई र तौलको अनुपात) लगाएतका स्वास्थ्य सेवाहरु समावेश थिए ।