काठमाडौं । अफगानिस्तानमा मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा २ सय ५० जनाको मृत्यु भएको छ भने सयौंको संख्यामा मानिसहरू घाइते भएका छन् ।
अफगानिस्तानको दक्षिण–पूर्वी शहर खोस्टभन्दा ४४ किलोमिटरको दूरीमा रहेको स्थानलाई केन्द्र बनाएर भूकम्प गएको बीबीसीले लेखेको छ ।
भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र छिमेकी देश पाकिस्तानमा समेत महसुस गरिएको युरोपियन मेडिटेरिनियन सिस्मोलोजिकल सेन्टरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ ।
भूकम्पबाट सबैभन्दा धेरै क्षति अफगानिस्तानको पक्तिका प्रान्तमा भएको छ । गएराति गएको भूकम्पमा परी पक्तिका प्रान्तका चार जिल्लाका सयौं मानिसहरू घाइते भएको र दर्जनौं घरहरू ढलेको सरकारका प्रवक्ता बिलाल कारिमीले ट्विटरमा लेखेका छन् ।
उनले सम्बन्धित निकायलाई आपत्कालीन उद्धारका लागि तुरुन्त उक्त क्षेत्रमा जानका लागि निर्देशनसमेत दिएका छन् ।