November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘बिनायो कङकङ’ पछि कृष्णभक्त राई र सुनिता थेगिमको ‘ए हौ सोल्टिनी’

4.8K

काठमाडौं । यसअघि ‘बिनायो कङकङ’ गीतबाट लाखौंको मन जित्न सफल कृष्णभक्त राई र सुनिता थेगिमको सहकार्यमा पुन ‘ए हौ सोल्टिनी’ बोलको गीत सार्वजनिक भएको छ ।

आलोक चाम्लिङको शब्द र मनोज साङ्सोन राईको संगीत/संयोजन रहेको ‘ए हौ सोल्टिनी’ले पनि दर्शकको मन जितिरहेको छ ।

यस्तै, गीतलाई राजु कार्कीले सम्पादन गरेका हुन् भने सुरेश राईले रेकर्ड गरेका हुन् । स्टुडियो किङमा रेकर्ड गरिएको सो गीतको स्टुडियो भिडियो सार्वजनिक भएको हो । भिडियो स्टुडियो किङको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

Advertisement