November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बढ्यो हवाई भाडा, कुन रूटमा कति ? (सूचीसहित)

3.1K

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि हवाई भाडा पनि बढेको छ । असार ८ देखि लागू हुने गरि आन्तरिकतर्फको हवाइ भाडा बढेको हो ।

वायुसेवा सञ्चालक संघका अनुसार एउटै रुटमा ८४० रुपैयाँसम्म वृद्धि भएको छ । संघका अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको हवाई भाडा वृद्धि भएको छ । काठमाडौं-धनगढीको भाडा ८४० रुपैयाँले बढेको संघले जनाएको छ ।

भाडा बढेसँगै काठमाडौं–धनगढीको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ । यो सबैभन्दा उच्च दर हो ।

Advertisement

काठमाडौंबाट सबैभन्दा कम सिमराका लागि १७० रुपैयाँ भाडा बढेको छ । अब काठमाडौं–सिमराका लागि अधिकतम ४ हजार १९५ रुपैयाँ लाग्ने छ । भरतपुर पुग्न अब ४ हजार ९३५ रुपैयाँ लाग्ने छ ।

त्यसैगरी काठमाडौं-भद्रपुर ५७० ले बढेको छ भने काठमाडौं–विराटनगर ४५५ ले बढेको छ । काठमाडौबाट हुने अन्य गन्तव्यहरु जनकपुरमा २४५, भरतपुर २००, पोखरा ३००, भैरहवा ३९५, नेपालगन्ज ६२० र तुम्लिङटार ३५० रुपैयाँले बढेको छ ।

नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएर १८५ रुपैयाँ र्पुयाएको छ ।

कुन रूटमा कति ? (सूचीसहित)