काठमाडौं । गीतकार नेम खापुङको शब्द संकलन रहेको पाःलाम ‘निङवा’ सार्वजनिक भएको छ । दिल कुमारी साँबाको लय संकलन रहेको उक्त पाःलाममा सुमन लिम्बु, दिलकुमारी साँबा, जीवन केदेम, मनिसा नाल्बो,ज्योति नाल्बो, शिव कुमार सम्बाहाङफे, कल्पना साम्सोहाङ र डम्बर कुमारी नाल्बोको आवाज रहेको छ ।
पाःलामलाई लोकेन साँबाले निर्देशन गरेका छन् भने छायांकन अरुण बरुण न्यौपानेले गरेका छन् । यस्तै, कमल प्रसाईको ड्रोन, विकास दाहालको सम्पादन र अनिता ग्वाचाको श्रृङ्गार रहेको छ ।
पाःलामको भिडियोमा मनिसा नाल्बो, दिलकुमारी साँबा, जीवन केदेम, सुमन लिम्बू, चन्द्र थलङ, रानी चोङबाङ, आशिस लिम्बू, रुविना लिम्बू, सुमना लिबाङ, विष्णु आङबुहाङ, इन्द्र मादेन, डम्बर कुमारी फावेन नाल्वो, भिम थेवे, कल्पना साम्सुहाङ, ज्योती नाल्बो, अभिशेक केरुङ र दिलकुमार चोङबाङको अभिनय रहेको छ ।
आसेवारो प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको उक्त भिडियो निङ्वासुम युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।