पाँचथर । लगातारको बर्षासंगै पहिरोको जोखिम बढेपछि पाँचथरको फालेलुङ गाउँपालिका ५ प्राङबुङका ९ परिवार बिस्थापित भएका छन् । पहिरोका कारण प्राङबुङको सिरिसे टोलका ९ परिवार विस्तापित भएका हुन्।
एकसातायता नियमित बर्षा हुनका साथै पहिरो जान थालेपछि स्थानीय उक्तलाल ज्ञाङमी, नोर्बु मगर,जसमान दर्लामी मगर, पदम आले कृष्णबहादुर दर्लामी, धनकुमार दर्लामी, बिरेन्द्र दर्लामी, हेम दर्लामी र जीतवहादुर दर्लामीको परिवार विस्थापित भएका हुन् ।
उनीहरुलाई थप जोखिमबाट जोगाउन रातको समयमा छिमेकी र आफन्तकहरुले अन्यत्र सारेको स्थानीय अम्बिका नेपालले बताए ।
पहिरोको जोखिमा परेका परिवारलाई रेडक्रस र गाउँपालिकासँगको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयास भइरहेको फालेलुङ ५ का वडाध्यक्ष भरत खपाङगीले जानकारी दिए । बस्ती माथिबाट खनिएको सडकसँगै जमीन भासिदै पहिरो गएको हुन सक्ने बताइएको छ ।
