November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

गायक राजु लामालाई तामाङ सोसाइटी अफ अमेरिकाद्धारा सम्मान

2.7K

न्यूयोर्क । गायक राजु लामालाई तामाङ सोसाइटी अफ अमेरिका (समाज) ले सम्मान गरेको छ । भखैरै विश्वको सर्वोच्च शिखर सगरमाथामा सांगीतिक कार्यक्रम गरेर फर्किएका लामाका लागि सोसाइटीले एक कार्यक्रमबीच सम्मान तथा अन्तरक्रिया कार्यक्रम राखेको हो ।

लामाले गत १६ मे २०२२ बुद्ध जयन्तीका दिन सगरमाथाको सफल आरोहण गरी सांगीतिक कार्यक्रम गरेका थिए । लामाले तामाङ समुदायको नाम विश्वसामु चिनाउन योगदान पु¥याएको भन्दै तामाङ सोसाइटी अमेरिकाले १२ जुन आइतबारका दिन सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै लामाले सगरमाथमाको शिखरमा सांगीतिक कार्यक्रम गर्ने आफ्नो सपना साकार पार्नका निम्ति योगदान दिने सम्पूर्णलाई धन्यवाद दिए । ‘मैले बाँचेको ८० प्रतिशत समय गीतसंगीतमा खर्चिएको छु, यसबीचमा धेरै मिहिनेत गरेको छु । संघर्ष गर्ने क्रममा कहिल्यै डगमगाइनँ, जसका कारण आज म सफल भएँ । ’, लामाले भने ।

Advertisement

तामाङ सोसाइटी अमेरिकाका अध्यक्ष छेमाङ तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारी, अतिथि तथा सहभागीहरुले लामालाई खादा अर्पण गरी सम्मान गरेका थिए ।

कार्यक्रममा आरोही पासाङ निमा शेर्पा, तामाङ सोसाइटी अमेरिकाका संस्थापक अध्यक्ष सुवास लामा, पूर्वअध्यक्षहरु गोमा योञ्जन, सानुमाया तामाङ, इन्द्र तामाङ, भरत तामाङ, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामा, समाजसेवी मञ्जु लामा, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका उपाध्यक्ष छोन्जुम लामा, बोर्ड सदस्य सुनिता लामालगायतको उपस्थिति थियो ।

कार्यक्रमको संचालन समाजका बोर्ड सदस्य चन्द्र बज्यू तामाङले गरेका थिए भने संस्थापक अध्यक्ष सुवास लामाले स्वागत मन्तव्य राखेका थिए । उनले राजु लामाको कार्यबाट संसारभर रहेका नेपालीहरु खुसी भएको उल्लेख गर्दै तामाङ समुदायले अझ गर्व महसुस गरेको बताए ।