November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कलेजका सुरक्षा गार्डलाई खुकुरी हान्ने चार विद्यार्थी पक्राउ

2.4K

काठमाडौं : काठमाडौंको कालिकास्थानमा रहेको ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको अभियोगमा चार विद्यार्थी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिकाका १८ वर्षीय जोसेन बानियाँ, रामेछाप मन्थलीका १८ वर्षीय बिपिन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग–६ का १८ वर्षीय प्रतिक खतिवडा र काठमाडौं टोखा– ६ का १८ वर्षीय सञ्जिब भण्डारी छन्।

गएराति साढे १ बजे कलेजमा कार्यरत सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरी उनीहरु फरार भएका थिए। घटनाको सूचनापछि प्रहरी वृत्त सिंहदरबार प्रहरी टोली खटिएको थियो। धारिलो हतियार प्रहारबाट बायाँ कानमुनि चोट लागेको गार्डको मोडेल अस्पतालमा उपचारपछि डिस्चार्ज भएको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।

Advertisement

कक्षा ११ मा पढ्ने विद्यार्थीबिच करिब १० दिन अगाडी कलेज प्राङ्गणमा बास्केटबल खेल्दा भएको विवादको विषयलाई लिएर कलेजमा दुई पक्षबीच भएको झगडामा सुरक्षा गार्डले छुट्याएका थिए। सोही घटनाको रिसइबी साँध्न गार्डमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको  जनाइएको छ।