November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड-२०७९ को मनोनितहरुलार्ई प्रमाणपत्र बितरण

4.4K

काठमाडौं । नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड–२०७९ को मनोनितहरुलार्ई भव्य कार्यक्रमको आयोजना गरि प्रमाणपत्र बितरण गरिएको छ । बरिष्ठ संगीतकार शम्भुजित बासकोटा, बरिष्ठ गायिका ज्ञानु राणा, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का लगायत थुप्रै गीत संगीतसंग आबद्ध सर्जगहरुले अवार्डमा मनोनीतहरुलार्ई प्रमाणपत्र प्रदान गरेका थिए । नेपाली गीत संगीत बजारमा सांगीतिक कार्यक्रम सहित भब्य आयोजना गरिने अवार्डको मनोनयन कार्यक्रममा कलाकारको बाक्लो उपस्थिति थियो ।

बक्स अफिस इन्टरनेसनल ग्रुपले हरेक बर्ष जेष्ठ २७ गतेको दिन निरन्तर आयोजना गर्दै आएको बक्स अफिस म्युजिक भिडियो अवार्ड-२०७९ मा राजेश हमाल, आर्यन सिग्देल, सबिन श्रेष्ठ, पल शाह, पुष्प खड्का उत्कृष्ट म्युजिक भिडियो अवार्डको भिडियो मोडल बिधामा चुनिएको छन भने महिलातर्फ, मल्लिका महत, गरिमा शर्मा, अनु शाह, निरुता सिंह, पुजा शर्मा चुनिए । त्यसैगरी बर्षको उत्कृष्ट गायिकामा मिलन अमात्य, अन्जु पन्त, बिष्णु माझी, अस्मिता अधिकारी, मेलिना राइको स्वरले अवार्डमा कब्जा जमाएका छन् । यसकुमार, उर्गिन दोङ, सोनाम तोपतेन, युवराज चौलागाईं, राजेश पायल राइको स्वर अवार्डको उत्कृष्टमा समाबेश गरिएको छ । अर्जुन पोखरेल, उर्गिन दोङ, राजन राज सिवाकोटी, सुन्दरमनी अधिकारी, यश कुमारको संगीतले बक्स अफिस म्युजिक भिडियो अवार्डमा आफ्नो दाबेदारी प्रस्तुत गरेको छन । यो बर्ष नेपाली गीतसंगीत बजारमा तीन हजार भन्दा धेरै निर्माण भई सार्बजनिक भएको अनुमानित तथ्यांक रहेको छ । बजारमा करिब ३ हजार ४ सय म्युजिक भिडियोलाई पछि पार्दै अन्तत २१ वटा चलचित्र रिलिज मध्य यो बर्ष रिलिज भएको नेपाली कथानक चलचित्र म एस्तो गित गाउछु २ को शीर्ष गित तिम्रो घरको वरिपरि चलचित्रको संगीत सुपरहिट भएको छ ।

यही गीतले कोरोना महामारीले सुतेको नेपाली चलचित्र चल्न महत्त्वपूर्ण भुमिका खेलेकोले चलचित्रको गीतसंगीत तर्फ आफुलार्ई अवार्डमा अब्बल साबित गरेको छ । हजार भन्दा धेरै आधुनिक गीत संगीत बजारमा सार्बजनिक भएकोमा फुलबुट्टे सारी र टाढा भएपनि गीत संगीतले आधुनिक सुगम संगीतको बजारमा आफुलाई सर्वोत्कृष्टको संगीतमा दाबेदारी पेस गरेका छ्न । हजार कै हाराहारीमा निर्माण भएको अर्को ठुलो संगीत बजार मानिएको लोकदोहोरी म्युजिक भिडियोमा भने यो बर्ष २ वटा म्युजिक भिडियो पिर र रम रम मरौटीले लोकदोहोरी बिधामा अब्बल रहे ।

Advertisement

बजारमा भजन, राष्ट्रिय गीत, नेपाल भाषा, मोफसल र प्रवासबाट बनेको थुप्रै गीत संगीतहरु बजारमा मध्यम रहे । २०७८ को गीत संगीत बजारमा चलचित्रमा एउटै मात्रै गीत म यस्तो गित गाउछु-२ को तिम्रो घरको वरिपरिले मात्रै सफलता चुम्यो भन्ने लोकदोहोरीमा पनि लगभग एउटा मात्रै म्युजिक भिडियो सपुतले स्पष्ट बजार लियो । आधुनिक सुगम संगीतमा दुई वटा म्युजिक भिडियो टाढा भएपनी र फुलबुट्टे सारिले बजार मात्रै तताएनन ब्यवसायीक रुपले पनि आफुलार्ई अब्बल साबित गरे । नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्डमा यीनैको मात्रै मुख्य प्रतिस्पर्धा रहने छन भने करिब ३ हजार गीत संगीतको लगानी बालुवामा पानी हाले सरह भएको बक्स अफिस इन्टरनेसनल ग्रुपले संगीत बजारको बर्ष समिक्षाले सार्बजनिक गरेको छ ।

आगामी साता सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा थुप्रै विधाबाट मनोनीत भएका एकजना सर्वोत्कृष्टलार्ई ट्रफी प्रदान गरिने अवार्डका अध्यक्ष आर.के सुबेदीले बताए । नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्डमा यो बर्षको गीतसंगीत पत्रकारिता पुरस्कारतर्फ संचारकर्मी कुमार आचार्यलार्ई प्रदान गरिने मनोनयन कार्यक्रम घोषणा गरिएको छ । आचार्यले बिगत डेड दशक देखि चलचित्र र गीतसंगीतको बजार प्रबन्धकको लागि अबिरल रुपमा निरन्तर दत्तचित्त भएर संचार गतिविधिमा लागिपरेकोले नगद रु २५ हजार सहित टर्फीबाट सम्मानित गरिने कार्यक्रममा घोषणा गरियो ।

त्यैगरी गीतसंगीतको पक्षमा निरन्तर पत्रकारिता गरिरहनु हुने मिलाप मासिक र हिमालयन टाइम्स दैनिकका पत्रकार कृष्ण भुषाल, अनलार्ईन खबरका पत्रकार बिष्णु शर्मा, युटुव टिभी र अनलार्ईन मिडियामा स्वास्थ्य पत्रकारिता गर्दै आउनु भएको पत्रकार गोपीकृष्ण चापागाई र नेपाली चलचित्रको पुरानो अनलार्ईन मिडिया फिल्मी खबर अनलार्ईनका सकृय पत्रकार मनिष अन्जानलाई बक्स अफिस संगीत पत्रकारिताबाट सम्मान गरिने घोषणा बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले गरेका थिए ।

मनोनयन कार्यक्रममा अवार्डलार्ई स्वस्थ र निष्पक्ष बनाउन बरिष्ठ गायिका सत्यकला राई, गीतकार/लेखक/निर्देशक मीनसागर लामा, चलचित्र निर्देशक तथा गीतकार उदय सुब्बा, लेखक निर्माता मौनता श्रेष्ठ, कलाकार, निर्माता तथा निर्देशक रामभक्त श्रेष्ठ, प्रोडक्सन डिजाइनर तथा निर्माता सुरज आचार्य, छांयाकार/निर्माता/निर्देशक प्रधुम्म मिश्र, निर्देशक रमेश कोइराला, निर्देशक मधुसूदन भट्टराई, निर्देशक दिनेश पौडेल, निर्देशक मिलन आले मगर, सम्पादक तारा थापा किन्भे, मान बहादुर थापा, मेकअप कलाकार गीता पौडेल लगायतलार्ई कलाकारिता क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै जुरिको कार्य सम्पादनको जिम्मेवारी प्रदान गरिएको थियो।