November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘सर्वजीत’ फिल्म निर्माणका लागि मन्त्री आलेले दिए पाँच पाँच महिनाको तलब

2.5K

काठमाडौं। पर्यटनमन्त्री प्रेमबहादुर आलेले ‘सर्वजीत’ फिल्म निर्माणको लागि पाँच महिनाको तलब प्रदान गरेका छन् ।

बिहीवार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब रकम निर्देशक दिनेश डीसी र दलित महिला नेपालकी संस्थापक अध्यक्ष गौरा नेपालीलाई हस्तान्तरण गरेका हुन् ।

आलेले फिल्म निर्माणका लागि अन्य निकायबाट पनि अर्थ सहयोग जुटाउन आफूले सहयोग गर्ने वचन दिएका छन् ।

Advertisement

भदौदेखि छायांकन सुरु हुने फिल्मले दलित आन्दोलनका अभियन्ता भगत सर्वजीत विश्वकर्माको जीवन चित्रण गर्नेछ । दलित महिला केन्द्रले निर्माण गर्ने फिल्मका कलाकार यसैसाता सार्वजनिक हुने जनाइएको छ ।