November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बाग्लुङमा जंगलमा लुकाइएका १३ थान बन्दुक भेटिए

2.7K

काठमाडौं–बाग्लुङमा जंगलमा लुकाएको अवस्थामा १३ थान बन्दुक प्रहरीले फेला पारेको छ । बाग्लुङस्थित विभिन्न स्थानबाट आइतबार दिउँसो १३ थान भरुवा बन्दुक बरामद भएको हो। 

बढिगाड गाउँपालिका–१ टुनडाँडास्थित स्यानडाँडा सामुदायिक बनको पैयुँको रूखमुनी बेवारिसे रूपमा लुकाई राखेको अवस्थामा ८ थान बन्दुक फेला परेको थियो। सोही गाउँपालिका–३ सिसाखानीस्थित लग्दी खोलाको किनारमा बेवारिसे अवस्थामा २ थान र गलकोट नगरपालिका–९ रिस्तिस्थित कार्तिकेको जंगलमा ३ थान भरुवा बन्दुक फेला पारी प्रहरीले बरामद गरेको हो ।

बन्दुक कसले लुकाएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement