काठमाडौं- बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपा स्थायी कमिटी बैठकले आफूलाई अनुशासनको कारबाही आफूलाई अमान्य भएको बताएका छन्।
‘यस्ता कारबाही सिपी मैनाली र राधाकृष्ण मैनालीहरूले पनि मलाई २०२८ सालमा गरेका थिए। यस्ता कारबाहीको अर्थ छैन,’ उनले भनेका छन्।
आफूनिकट प्रतिनिधिसभाका सदस्यहको भेलामा ओलीले विचार, संगठन र गन्तब्य सफल पार्न आफू सक्रिय रहेपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल लगायतका नेताले अवरोध गरी विग्रहतिरको बाटोमा अग्रसर रहेको बताए।
संसद विघटनको बचाउ गर्दै उनले भने, ‘संसद् विघटन मेरो निजी रोजाई होइन, पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नु पर्यो।’
पार्टी भित्रैबाट हरेक काममा अवरोध भएपछि संसद विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको पनि उनले प्रष्टीकरण दिएका छन्।