November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पार्टीभित्रै प्रतिपक्ष जन्मेपछि संसद विघटन गर्नुपर्‍यो: प्रधानमन्त्री ओली

2.4K

काठमाडौं–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै प्रतिपक्ष जन्मेपछि संसद विघटन गर्नुपरेको स्पष्ट पारेका छन्।

आज बिहान बालुवाटारमा गरेको आफूपक्षीय भेलामा ब्रिफिङ गर्दै ओलीले आफ्नो कदमको बचाउ गरेका हुन्। उनले सरकारलाई असहयोग गरेको, हरेक नियुक्तिमा भागबण्डा खोजेको, पार्टीभित्र आफ्नो शक्तिआर्जनका लागिमात्र सक्रिय भएको जस्ता कारणले आफूले संसद  विघटन गर्नु परेको बताएका थिए।

उनले आफ्ना कदमको बचाउ गर्दै लामो समय बोलेका थिए। 

Advertisement