November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राप्रपा खोटाङका पूर्वअध्यक्ष श्रेष्ठको निधन

1.7K

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका निवर्तमान जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको दुर्घटनामा मृत्यु भएको छ।  

गत शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारको शपिङ कम्प्लेक्स अगाडीको सडक छेउमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाइते भएको श्रेष्ठको आज बिहान काठमाडौंको बासबारीस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। 

रत्नपार्क जिरोप्वइन्टबाट बजारतर्फ जाँदै गरेको उक्त मोटरसाइकलले उनलाई ठक्कर दिँदा श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट लागेको थियो।  सडकमा हिडिरहेका उनलाई पछाडीबाट मोटरसाइकलले ठक्कर दिएपछि श्रेष्ठ त्यही  ढलेका थिए।

Advertisement

उनलाई सोही दिन उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको न्यूरो अस्पताल ल्याइएको थियो। गम्भीर घाइते उनलाई न्यूरो अस्पतालले आज बिहान मृत घोषित गरेको थियो। श्रेष्ठमा पोष्टमार्टम पछि आजै दाहसंकार गरिने परिवारले जनाएको छ। 

श्रेष्ठ भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा राप्रपाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा उठेका थिए। मोटरसाइकल चालक लफ्याङका १७ वर्षीय अभिषेक राई र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।