November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

चुनाव एकै पटक गराै : निर्वाचन आयाेग 

2.8K

काठमाडौँ – सरकारले वैशाखमा मध्यावधि निर्वाचनमा जाने निर्णय गर्ने गरे लगत्तै निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचन गराउन आफुहरू तयार रहेको जनाएको छ।

तर व्यवस्थापन र खर्चका हिसाबले दुई चरणको साटो एकै चरणमा निर्वाचन गराउन उपयुक्त हुने राय आयोगका पदाधिकारीहरूले प्रधानमन्त्रीलाई दिएको बताइएको छ।

आइतवार सरकारले संसद् विघटनका साथसाथै वैशाख १७ र २७ गते दुई चरणमा ताजा निर्वाचन गराउने गरि गरेको सिफारिस राष्ट्रपतिद्वारा अनुमोदन भएको थियो।त्यसपछि प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसँग आइतवार नै छलफल गरेका थिए।

Advertisement

छलफलपछि निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोग तोकिएको मितिमा निर्वाचन गर्न तयार रहेको बताए।”सरकारले तोकेको समयमा निर्वाचन गराउन आयोग सधैँ तयार छ। आयोगको मुख्य काम नै निर्वाचन सम्पन्न गराउने हो। त्यसकारण निर्वाचन गराउने सन्दर्भमा आयोग अहिलेमात्र होइन जहिलेसुकै पनि तयारी अवस्थामै रहन्छ, रहेको छ,” उनले भने।