जनकपुर । जनकपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेपाली काँग्रेसबाट छ र नेकपा एमालेका दुई उम्मेदवार निर्वाचित भएका छन् ।
कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा काँग्रेसबाट राकेशविक्रम साह र एमालेबाट सन्तोषकुमार महतो र दीपेन्द्रकुमार साह निर्वाचित भएका हुन् ।
यस्तै, महिला सदस्यमा काँग्रेसकी फूलकुमारी देवी, मनिषाकुमारी देवी, सारदा पन्त, शैलकुमारी चौधरी र संजू देवी निर्वाचित भएका छन् ।
नगरपालिकामा निर्वाचित भएका महिला सदस्यमध्ये पाँच महिला र बाहिरबाट तीन गरी आठ जनालाई कार्यपालिका सदस्यमा राख्ने प्रावधान रहेको छ ।