इटहरी । खोटाङको साकेला गाउँपालिकामा २४ घण्टे सेवा सुरु भएकाे छ । गाउँपालिकाले पहिलो कार्यपालिका बैठकमै जनमुखी निर्णय गरेकाे हाे ।
बिहीबार कार्यपालिकाका ६ जना सदस्यहरुलाई शपथ गराई बधाई तथा शुभकामना कार्यक्रमपछि बसेको पहिलो कार्यपालिका बैठकले ‘साकेला जिरो आवर सर्भिस’ लागू गर्ने पहिलो निर्णय गरेको हाे ।
सामान्यतः नेपालमा बिदा बाहेक बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कार्यालय समयमा स्थानीय सरकारलाई भेट्न सकिन्छ। तर, यो गाउँपालिकाले भने गाउँपालिकावासी नागरिकले भइपरी आउने आपतविपत बाहेक र बिदामा पनि २४ सैं घण्टा स्थानीय सरकारबाट सक्ने सहयोग पाउनका लागि साकेला जिरो आवर सर्भिस अर्थात २४ घण्टे सेवाको सुरुवात गरेका हुन् ।
दुई नगरपालिका, आठ गाउँपालिका रहेको जिल्लामा २४ घण्टे सेवाको सुरुवात गर्नेमा यो गाउँपालिका पहिलो भएको छ।
सम्भवतः ७५३ वटै स्थानीय तहमा यस्तो सेवाको सुरुवात भएको छैन। हामीले आजको दिनबाट जनताका लागि साकेला जिरो आवर सर्भिस अर्थात २४ घण्टे सेवा सुरु गरेका छौ गाउँपालिका अध्यक्ष रविप्रकाश राईले भने।
आपतविपत प¥र्यो, दुःख कष्ट प¥र्यो, ठूलो समस्या भयो भने स्थानीय सरकारलाई २४ सै घण्टा गुनासो राख्न तथा सहयोग माग्न पाईयो । अध्यक्ष राईले भने, ‘त्यसमा सरकार पनि कसरी सहयोग पु¥याउने भन्ने कुरामा दृढ रुपमा लाग्नेछ।’
