काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन पछि प्रचण्ड र नेपाल समुहका सातजना मन्त्रीले राजीनामा दिए । यसै बिच नेकपा सचिवालय सदस्य एवंं गृहमन्त्री रामबहादुर थापा‘बादल’ अध्यक्ष केपी ओलीको पक्षमा उभिए ।
थापालाई ओलीसँग नमिल्न पूर्वमाओवादीनिकट डेढ दर्जन केन्द्रीय सदस्यले दबाव आएको छ । मन्त्रीनिवास पुल्चोकमा भेला भई उनीहरुले बादललाई ओलीसँग नमिल्न दबाब दिएका हुन्।
ओलीसँग कुनै हालतमा मिल्न नसकिने भन्दै १६ केन्द्रीय सदस्यले बादललाई फकाउन पुल्चोकमा भेला गरिरहेका छन्। यसरी दबाब दिने नेताहरुमा स्थायी कमिटी सदस्यद्य देव गुरुङ र पम्फा भुसाल छन्।
पार्टी विवादमा बाहिर हेर्दा पद लेनदेनको विषय जस्तो देखिए पनि त्यो वैचारिक लडाइँ भएकाले ओलीसँग मिलेर जान नसकिने बादलनिकट नेताहरुको भनाइ छ।