November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ओली पक्षका सांसदहरू छलफलमा बालुवाटार

2.1K

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका सांसदहरुसँग छलफल गरेका छन् ।

सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री अ‍ोलीले विघटित प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल जारी रहेकाे उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

छलफलका क्रममा प्रधानमन्त्री अ‍ोलीले पार्टी फूटको संघारमा रहेकाले तयारी अवस्थामा रहन सांसदहरुलाई निर्देशन दिन सक्ने एक सांसदले जानकारी दिए ।  संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्नेछन् ।

Advertisement

छलफलमा पूर्वमाओवादीबाट मन्त्री बनेका लेखराज भट्टसमेत सहभागी छन् । गृहमन्त्री रामबहादुर थापा (बादल)भने बैठकमा सहभागी छैनन् ।