November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रौतहटमा रासायनिक मल अभाव, भौतारिँदै किसान

2.1K

रौतहट : जिल्लामा धानको बिउ राख्‍ने बेलामै रासायनिक मलको अभाव भएको छ।

मल अभावसँगै हरेक वर्ष खेतीको मुख्‍य सिजनमै रासायनिक मलको अभाव झेल्दै आएका रौतहटका किसानहरू यस वर्ष पनि मलकै चिन्तामा परेका हुन्।

रौतहट जिल्लाभरिमा धानको बिउ राख्ने बेलामा करिब ८० हजार बोरा मल खपत हुने गरेको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरले जनाएको छ।

Advertisement

केही समय पहिला १२ हजार बोरा डिएपी मल आएकोमा त्यो सकिएर अब ५ हजार बोरा बाँकी रहेको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरका प्रमुख रवि केशरीले जानकारी दिएका छन्।

कृषि ज्ञान केन्द्र रौतहटको सिफरिसमा रौतहटका १८ वटै पालिकाबाट छनोट भएका कृषि सहकारीका माध्यमबाट रासायनिक मलको वितरण हुँदै आएको छ।

धानको बिउ राख्ने बेलामै रासायनिक मलको अभाव भएको र धानमा हाल्नका लागि मल खाद्य नपाउने अवस्था आएको चन्द्रपुर ८ का किसान राजन तिमल्सिनाले गुनासो गरे। कृषि सामग्री कम्पनी लिमिटेडले वितरण गर्ने मलखाद्य अभाव भएपछि किसानहरू चर्को मूल्य तिरेर पसलबाट भारतीय मल किन्न बाध्य भएको बृन्दान १ का किसान रामलोच राउतले बताए।

जिल्लाको चन्द्रपुर नगरपालिकामा किसानको मागअनुसार रासायनिक मल वितरण गर्न नसकिएको दिव्‍यज्योति कृषि सहकारी संस्थाका अध्यक्ष शिव अर्चायले भनाइ रहेको    छ।