सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकालाई राष्ट्रकै नमुना बनाउनका लागि निर्देशक विश्वमणी घिमिरेले सुझाव पत्र बुझाएका छन् ।
स्वास्थ क्षेत्रदेखि शिक्षा, रोजगारी, कृषि, पर्यटन, पुर्वाधार विकास, यातायात, खाद्यान्न लगायतका विषयमा बैज्ञानिक तवरले जनताको कार्य गर्न घर–घरमै गएर गर्न वा गराउन नवनिर्वाचित पालिका प्रमुख शंकर राज बराललाई लिखित रुपमा चलचित्र निर्देशक तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य एवं सिन्धुली जिल्ला इन्चार्ज विश्वमणि घिमिरेले पालिका प्रमुखले पदभार ग्रहण गरे लगतै सुझाव पत्र बुझाएका थिए ।
पालिका प्रमुख बरालले सुझाव पत्र समाजवाद निर्माणको बैज्ञानिक युग सुहाउँदो रहेको उल्लेख गर्दै कार्यान्वयनका लागि यो वा त्यो पार्टी नभनी राजनीतिलाई समाजसेवा रुपमा लिएर जनताको सेवामा समर्पित भइ लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमाले सिन्धुली जिल्लाका लोकप्रिय नेता केशव देवकोटा लगायत पालिकामा निर्वाचित जनप्रतिनिधिहरु, नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।