काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीको कदम गलत भएको बताएका छन्।
आइतबार विज्ञप्ति जारी गर्दै गौतमले भनेका छन्- यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणत्नत्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त पार्नेछ।
‘गत आम निर्वाचनबाट झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावना विपरीत प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैर संवैधानिक कदम गलत र भर्त्सनायोग्य छ’, गौतमले भनेका छन्।