काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी छिन्। आइतबार बसेको मन्त्रिपरिषद्को सिफारिस अनुसार उनले सभा विघटन गरेकी हुन्।
राष्ट्रपति कार्यालयको विज्ञप्तिमा जनाइए अनुसार आगामी २०७८ वैशाख १७ र २७ गतेका लागि नयाँ आम चुनावको मिति तय गरिएको छ।