November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विजय जुलुस मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु, १३ घाइते

2.9K

सुर्खेत । सल्यानमा विजय जुलुस मनाउन जाने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् ।

नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका मानबहादुर बुढाथोकी र लालबहादुर रावतको विजय जुलुस जान लाग्दा बसमा करेन्ट लागेर दुई जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका हुन् ।

विजय जुलुसमा जाँदै गर्दा ना५ख ८०६० नम्बरको बसको छतमा बसेका बेला करेन्ट लागेर कुमाख गाउँपालिका४ का २६ वर्षीय लोकेन्द्र राना र २३ वर्षीय गोपाल बुढाथोकी छन् । दुवैको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Advertisement

घाइते सबैलाई उपचारको लागि मिसन अस्पताल चौरजहारी लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले बताए ।