काठमाडौं–सरकारले संसद विघटनको प्रस्ताव गरेपछि अध्यक्ष पुष्ककमल दाहाल‘ ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठनका नेताहरुले देशैभर प्रदर्शन गर्ने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गरेपछि विद्यार्थी संगठनले त्यसको विरोध गर्ने भएका हुन्।
पाँच वर्षे कार्यकालका लागि जनताबाट निर्वाचित भएको सरकारलाई संसद विघटन गर्ने अधिकार नभएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए। ओली सरकारको असंवैधानिक कदमका विरुद्ध सशक्त रुपमा प्रतिवाद गरिने उनले बताए। ‘ओली सरकारले संसद विघटनको प्रस्ताव गरेपछि देशैभर प्रदर्शन गर्ने निर्णय भईसकेको छ। काठमाडौ उपत्यकामा माइतीघरमा दिउँसो ३ बजे प्रदर्शन गर्छौं। उपत्यकाबाहिर आफ्नो अनुकूलमा प्रदर्शन हुन्छ’, तामाङले भने, ‘केपी ओलीको असक्षम र नालायकी निर्णयका विरुद्धमा सशक्त प्रतिरोध गर्नै पर्ने भयो ।’
संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षका विद्यार्थी नेताले देशभर प्रदर्शन गर्नेओली सरकार कदमका विरुद्ध विद्यार्थी संगठन मात्रै नभई सचेत नागरिक पनि उपस्थित भई प्रतिवाद गर्नुपर्ने तामाङले बताए ।