बारा । बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्वतन्त्र उम्मेदवार उमाकान्त कँडेल रहेका छन् । उनलाई झडप गराएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
माओवादी केन्द्र निकट उनले महिला बसिरहेको स्थानमा गएर गालीगलौज गरेपछि झडप भएको एक स्थानीयले बताए । घटना स्याउली चोकमा भएको हो ।
झडप हुँदा एमाले पक्षका श्याम न्यौपाने घाइते भएका छन् । घाइते न्यौपानेको अवस्था सामान्य रहेको जनाइएको छ ।
पक्राउ परेका उमाकान्तको बारेमा थप जाँचबुझ भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।