November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रुकुमको चौरजहारीमा काँग्रेसद्वारा माओवादीका उम्मेदवार कुटिए

1.8K

रुकुम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका वडानम्बर १० मा माओवादी केन्द्रका उम्मेदवार काँग्रेसद्वारा कुटिएका छन् । बुधबार राति काँग्रेसका कार्यक्रताले माओवादीका वडा सदस्यका उम्मेदवारसहित पाँच जनामाथि कुटपिट गरेका हुन्।

मााओवादी केन्द्रको तर्फबाट वडा सदस्यका उम्मेदवार तुल्सीराम बुढासहित जुद्धबहादु घर्ती, कमल केसी, हरिबहादुर रोकाय र सौगात रोकायलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

काँग्रेसका वडाध्यक्षका उम्मेदवार गणेशमान डाँगी नेतृत्वको टोलीले अरु वडाका मान्छेहरु समेत बोलाएर आफूहरुमाथि कुटपिट गरेको घाइते वडा सदस्य बुढाले बताए ।

Advertisement

काँग्रेस कार्यकर्ताले माओवादी केन्द्रको तर्फका वडाध्यक्षका उम्मेदवार वीरेन्द्र रोकाय र सौगात रोकायलाई ४/५ घण्टा बन्धक बनाएका थिए । पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरूलाई उद्दार गरेको थियो ।

प्रहरीले काँग्रेसको वडाध्यक्षका उम्मेदवार डाँगी र माओवादीको वडाध्यक्ष उम्मेदवारलाई चौरजहारी लिएर छाडेको छ ।

काँग्रेसले भने माओवादी कार्यकर्ताहरू ले पैसा बाँडेको भन्दै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताएको छ ।