काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले संसद विघटनका लागि भएको सिफारिसप्रति आफ्नो समर्थन र विरोध दुवै नभएको प्रतिक्रिया सार्वजनिक गरेका छन्।
गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले गौतमको धारणालाई फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।
‘पर्ख र हेरको अवस्थामा छु’, सुवेदीद्वारा प्रस्तुत गौतमको धारणामा भनिएको छ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटनको सिफारिस गरेको थियो।