November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रुकुम पुर्वको जंगलमा महिलाको शव भेटियो

2.9K

रुकुम पूर्व :  रुकुम पूर्वको जंगलमा एक महिलाको शव फेला परेको छ। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका– ११ की ३९ वर्षीया जुनमाया बुढाको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक कृष्ण खत्रीका अनुसार उपल्लो सेरास्थित जंगलमा शव भेटिएको जानकारी दिए। घटनाको बारे अनुसन्धान सुरु गरिएको र शवलाई घटनास्थलबाट पोष्टमार्टमको लागि रुकुम पूर्व अस्पतालमा ल्याइएको उन बताए।

घटनास्थल जिल्ला सदरमुकामाबाट तीन दिनको पैदल दुरीमा पर्छ।

Advertisement