November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राँगाले हान्दा बाबुको मृत्यु, छोरी घाइते

2.2K

लमजुङ : आफैँले पालेको राँगोले हान्दा सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको मृत्यु भएको छ।

राँगोले हान्दा गम्भीर घाइते उनलाई आइतबार बेँसीशहरस्थित जिल्ला अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि  चितवन मेडिकल कलेज भरतपुर लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको जनाइएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार  राँगोले शनिबार खुमबहादुरकी छोरी १९ वर्षीया रविनालाई समेत घाइते बनाएको थियो। जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ।

Advertisement

थप घटना हुन नदिनका लागि प्रहरीले राँगोलाई गोली हानेर मारेको छ। राँगोले केही दिनअघिदेखि असामान्य व्यवहार देखाउन थाले पनि वास्ता नगर्दा मानवीय क्षति भएको छिमेकीकले बताए।