काठमाडौं । रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच गए राति झडप हुँदा काँग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत भएका छन् ।
तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो । डाँगीलाई रड प्रहार गरी सख्त घाइते बनाएको र उनलाई उपचारका लागि दाङतर्फ लगिएको बताइएको छ ।
बाटोमा डाँगी चढेको गाडी नियन्त्रमा लिएर उनिमाथि आक्रमण गरिएको घर्तीको आरोप छ । आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि प्रतिकार गरेको माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले बताए । झडप लगत्तै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माडी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तथा कांग्रेस र एमालेबीच छुट्टाछुट्टै चुनावी तालमेल भएको छ ।