सिन्धुली । जनता समाजवादी पार्टी सिन्धुलीले उम्मेदवार मनोनयन दर्ता सम्पन्न गरेको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीले जिल्लाको ७ वटा पालिकाका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको हो ।
जिल्लाको कमलामाई नगरपालिकाको मेयरमा बन्दना सुवेदी र उपमेयरमा मोदनाथ तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् भने वडा नम्बर १ को अध्यक्षमा हेम पुलामी साथै सदस्यहरुमा तेजबहादुर राना मगर, लक्ष्मीमाया हायु र पम्फा कुमारी बिश्वकर्माले उम्मेदवारी दिएका छन् । नगरपालिकाको वडा नम्बर ४ को अध्यक्षमा रामबहादुर भुजेल र सदस्यहरुमा आइते सार्की, बद्रीबहादुर बिसंखे, निर्मला थापा मगर, तारा बिश्वकर्मा, वडा नम्बर ५ को अध्यक्षमा शेरबहादुर श्रेष्ठ र सदस्यहरुमा गीता श्रेष्ठ, तिलक कुमार श्रेष्ठ, रत्नबहादुर मगर, सीता सुराखेती, वडा नम्बर ६ को अध्यक्षमा प्रमोद थापा र सदस्यमा कमला अछामी र वडा नम्बर ८ को अध्यक्षमा आइत घोलेले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी दुधौली नगरपालिकाको मेयरमा टीकासिंङ तामाङको उम्मेदवारी रहेको छ ।
यस्तै, सुनकोसी गाउँपालिकाका प्रमुखमा शंकरबहादुर सार्की, उपप्रमुख गोमा आले मगर, वडा नम्बर ४ का अध्यक्षमा कैलाश भुजेल, वडा नम्बर ५ अध्यक्षमा शम्भु नेपाली, वडा नम्बर ६ को अध्यक्षमा खेटराज थापा र सदस्यमा मेनुका दर्नालको उम्मेदवारी रहेको छ ।
त्यसैगरी, हरिहरपुरगढी गाउँपालिका प्रमुखमा पन्चमान बम्जन, मरिण गाउँपालिका प्रमुखमा आत्मराम तामाङ, उपप्रमुख छलिमाया रानाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, तीनपाटन गाउँपालिका प्रमुखमा कृष्ण अधिकारी र उपप्रमुखमा खलिमाया सिंजालीको उम्मेदवारी रहेको छ भने घ्याङ्लेख गाउँपालिका प्रमुखमा अशोककुमार घलान, उपप्रमुखमा कुमारी घलान र वडा नम्बर १ को अध्यक्षमा तिर्थबहादुर पाख्रिन, सदस्यहरुमा तोयानाथ गौतम, दिलबहादुर सुनुवार, वडा नम्बर २ को अध्यक्षमा नीर कुमार वाइवा, सदस्यमा कालमान बजु, वडा नम्बर ३ को अध्यक्षमा आशमान मोक्तान, रामबहादुर वाइवा, वडा नम्बर ४ को अध्यक्षमा बुद्धिमान स्याङ्तान, सदस्यहरुमा लालबहादुर स्याङ्वा, गणेशमाया श्रेष्ठ र सुकुमाया बिकको उम्मेदवारी रहेको छ ।
सिन्धुली जिल्लामा भएको गठबन्धनबीच असहमति जनाउँदै गठबन्धनबाट बाहिरिएपछि जपसा नेपालले सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको हो ।