November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

जनाधार नभएको व्यक्तिलाई टिकट दिइएको भन्दै एमाले इलाममा सामूहिक राजिनामा र पार्टी कार्यालयमा ताला

2.8K

इलाम । उम्मेदवार चयनको बिषयलाई लिएर नेकपा एमाले इलामको पार्टी कार्यालयमा तालाबन्दी र राजिनामा दिएका छन् । पार्टीबाट नगर प्रमुख पदमा नरेन्द्रनाथ भट्टराईको नाम उम्मेद्वारमा सिफारिस भएको प्रति आपत्ति जनाउँदै नगर कमिटीका पदाधिकारी र सदस्यहरुले सामुहिक राजिनामा दिएका हुन् । ।

जनाधार नभएको भट्टराईलाई चुनावी अभियानमा लिएर जान नसकिने भन्दै सामुहिक राजिनामा दिएको जनाइएको छ । जित्ने उम्मेद्वारलाई षड्यन्त्रपूर्वक पाखा लगाउने काम भएको भन्दै जिल्ला पार्टी कार्यालयमा तालाबन्दी समेत गरिएको छ ।

नगर कमिटी र जिल्ला कमिटीले प्राथमिकताको क्रम तोकेर तीन जनाको नाम सिफारिस गरेको थियो । जिल्ला कमिटीले धिरेन चेम्जोङ्गको नाम एक नम्बर प्राथमिकताको क्रममा राखेर सिफारिस गरिएको थियो । दुई नम्बरमा कृष्ण श्रेष्ठको र तीन नम्बरमा नरेन्द्रनाथ भट्टराईको नाम सिफारिस गरिएको एमाले इलामले जनाएको छ ।

Advertisement

नगरमा चेम्जोङ्गको माहौल भएको र जिल्ला कमिटीले पनि १ नम्बर प्राथमिकताको क्रम तोकेर पठाए पनि ३ नम्बरमा रहेको भट्टराईको नाम सिफारिस भएकाले नगर कमिटीले सामुहिक राजिनामा दिएको जनाइएको छ

नगरकमिटीसँगै एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल इलामका अध्यक्ष चन्द्र पाठक, रिटर्नी फेडेरेशन नेपाल इलामका अध्यक्ष हेमन्त आचार्यले समेत असन्तुष्टि ब्यक्त गर्दै राजिनामा दिएका छन् ।