November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बलिउड अभिनेता सोहेल खान सगरमाथा हेरेर मात्र फर्कने

2.6K

काठमाडौं । बलिउड अभिनेता सोहेल खानले सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् । आउँदो जेठ १४ गते दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का लागि सलमान खानको बारेमा जानकारी दिन काठमाडौं आइपुगेका उनले बिहिबार पत्रकार सम्मेलनमा उक्त ‘दबङ रिलोडेड टुर’ को बेला सगरमाथा हेर्ने बताएका हुन् ।

आफू सानो छँदा काठमाडौं आएको स्मरण गर्दै उनले आफूलाई नेपाल एकदमै राम्रो र सुन्दर लाग्ने बताए । सोहेल सलमान खानका भाइ हुन् ।

उनले ‘दबङ रिलोडेड टुर’ असाध्यै राम्रो हुने भन्दै शो हेर्नको लागि सबैलाई आग्रहसमेत गरेका छन् । ‘दबङ रिलोडेड टुर’ मा सलमानसँगै कट्रिना कैफ, प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लीन फर्नान्डेजलगायतका कलाकार सहभागी हुनेछन् ।

Advertisement

कार्यक्रममा नेपाली कलाकारकोसमेत प्रस्तुती रहनेछ । आयोजकका अनुसार सलमानको कार्यक्रम बेलुकी साढे ७ बजेबाट सुरू हुनेछ । साढे तीन घण्टासम् बलिउड कलाकारले प्रस्तुती दिनेछन् ।

उक्त कार्यक्रमको लागि टिकटको मुल्य न्यूनतम् ५ हजार देखि २५ हजार रूपैयाँसम्म राखिएको आयोजकले जानकार दिएको छ ।