November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रुसबाट तेलको आयात घटाउन मोदीलाई बाइडेनको आग्रह

3.1K

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतलाई रुसबाट तेल आयात नबढाउन आग्रह गरेका छन्।

गएराति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको झण्डै एक घण्टा लामो भिडियो वार्तामा बाइडेनले रुसबाट ऊर्जा आयात बढाउने कुरा दिल्लीको स्वार्थअनुकूल नहुने बताएका हुन्।

रुसबाट हतियार र ऊर्जा आयात गर्दै आएको भारत रुस–युक्रेन युद्धमा तटस्थ बसिरहेको छ। रुस विरुद्धका अन्तर्राष्ट्रिय प्रतिबन्धहरुमा पनि भारत सहभागी भएको छैन। गएराति भएको भिडियो वार्तामा अमेरिकी राष्ट्रपति बाइडेनले ऊर्जा आयातमा बरु अमेरिकाले सहयोग गर्ने आश्वासन दिएको ह्वाइट हाउसले जनाएको छ।

Advertisement

मस्कोलाई लिएर अमेरिका र भारतको दृष्टिकोण फरक भए पनि उक्त सम्वाद रचनात्मक रहेको बताइएको छ। भारतीय प्रधानमन्त्री मोदीसँग भएको वार्तामा युक्रेन युद्ध लगायत कोभिड सहयोग, विश्व अर्थतन्त्र अनि हिन्द प्रशान्त सुरक्षा मामिलाबारे छलफल भएको थियो।