November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लोकप्रिय बन्दै डा. रजनी ढकालको ‘पर्खेर बस्छु’

2.4K

काठमाडौं । कवि तथा गीतकार डा. रजनी ढकालद्वारा रचित ‘पर्खेर बस्छु म तिमै्र बाटो’ बोलको गीत तथा म्युजिक भिडियो लोकप्रिय बन्दै गइरहेको छ । ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट भिडियो प्रसारण भएको छ ।

गीतमा चर्चित गायिका रचना रिमालको स्वर सजिएको छ । कर्णप्रिय गीत ‘पर्खेर बस्छु म तिमै्र बाटो’मा प्रीतिबहादुर खत्रीको सुमधुर सङ्गीत रहेको छ । भिडियोमा आयुष्मा आचार्य, समीर अर्याल, डा. रजनी ढकाल, इ. समीर ढकाल, विव्येश्वरी काफ्ले, डा अग्निप्रसाद काफ्ले र अनिमा पौडेलको अभिनय रहेको छ ।

त्रिभुवन विश्वविद्यालयमा छायाङ्कन गरिएको भिडियो निकै सुन्दर बनेको छ । भिडियो निर्देशन सङ्गीतकार खत्री स्वयंले गरेका हुन् । भिडियोमा सरोज शाहीको छायाङ्कन र निरजन केसीको सम्पादन रहेको छ ।

Advertisement