November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

तोलाको एकलाख नाघ्यो नेपाली बजारमा सुन

3.5K

काठमाडौं : नेपाली बजारमा सुनको भाउ फेरि एक लाख नाघेको छ। 

साताको पहिलो कारोबार दिन आज तोलामा ८ सयले बढेर छापावाल सुन प्रतितोला १ लाख ३०० र तेजाबी सुन ९९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  गत शुक्रबार पनि सुन तोलामा ५०० रुपैयाँले बढेको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। 

Advertisement