November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

1.5K

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको छ । कांग्रेसले सबै जिल्ला समितिलाई पत्राचार गर्दै उम्मेदवार सिफारिसलगायतका काम गरे पनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार नै भने नतोक्न निर्देशन दिएको हो ।

जिल्ला समितिलाई तत्काल उम्मेदवार नतोक्न भनेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । ‘सिफारिसलगायतका सबै काम गरे पनि रामबहादुर, श्यामबहादुर भनेर उम्मेदवार नै चाहिँ नतोक भनेका हौं’ उनले भने, ‘केन्द्रले अर्को निर्णय नगर्दासम्म नतोक भनेका छौं ।’

कांग्रेसको विधान अनुसार वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले चयन गर्नेछ । त्यस्तै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेदवार भने जिल्ला समितिले चयन गर्ने उल्लेख छ ।

Advertisement

नगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार प्रदेश समितिले र महानगरपालिकाको मेयर र उपमेयर केन्द्रीय कार्यसमितिले चयन गर्ने छ ।