November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सरकारले बढायो सार्वजनिक यातायातको भाडा

2.3K

काठमाडौं : सरकारले अन्तर प्रदेश स्तरीय सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम ११ देखि १३ प्रतिशत भाडा बढाएको हो। तत्कालका लागि काठमाडौं उपत्यकालगायत प्रदेशभित्रै चल्ने सवारीसाधनमा भने भाडा नबढाइएको यातायात व्यवस्था विभागका निर्देशक नमराज घिमिरेले जानकारी दिए।

पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा बढाउन व्यवसायीले सरकारमाथि दबाब दिएका थिए। अबदेखि इन्धनको मूल्य बढ्दा भाडा बढ्ने घट्दा भाडा पनि घट्ने विभागले जनाएको छ।

Advertisement

विभिन्न रुटमा बढेको भाडादर र बढेको भाडा लागू हुने मिति भने आगामी आइतबारमात्र सार्वजनिक गरिने जानकारी विभागका निर्देशक घिमिरेले दिए।

मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम यात्रुवाहक र मालवाहकसहित भूगोलअनुसार हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशत बढाएको हो। इन्धनको बढिरहेको मूल्य वृद्धिका आधारमा लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय गरिएको छ। यसपछि प्रदेशले पनि मध्यम र छोटो दूरीको सार्वजनिक यातायातको भाडा बढाउने छन्।