November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पल शाहलाई थुनामा पठाउनुको कारणसहितको प्रतिवेदन झिकाउन आदेश ​

2.5K

काठमाडौं : उच्च अदालत पोखराले पल (पूर्णविक्रम) शाहलाई थुनामा पठाउनुको कारणसहितको प्रतिवेदन उपलब्ध गराउन आदेश दिएको छ। 

न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले नाबालिका बलात्कार गरेको अभियोगमा कारागारमा रहेका शाहलाई थुनामा पठाएको प्रमाणहरूकाे प्रतिवेदन उपलब्ध गराउन बुधबार आदेश दिएको हो।

शाहले जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले गत चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा शाहले निवेदन दर्ता गराएका थिए। 

Advertisement