November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भिजिबिलिटी घट्दा उडान र अवतरण प्रभावित

2.1K

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण आज पनि प्रभावित भएका छन् ।

कम भिजिबिलिटीका कारण आज पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । उनका अनुसार न्यूनतम २८ सय मिटरको भिजिबिलिटीमा उडान र अवतरण सहज हुन्छ तर, आज बिहान विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर छ । मौसममा सुधार आउनेबित्तिकै उडान र अवतरण नियमित हुने प्रवक्ता सिटौलाले जानकारी दिए ।

भिजिबिलिटी घट्दा हिजो र अस्ति पनि उक्त विमानस्थलबाट उडान र अवतरण प्रभावित भएको उनले बताए ।

Advertisement