November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

जुम्लाका साढे ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

3.3K

जुम्ला । जुम्लामा साढे ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । २५ चैतदेखि आगामी १८ वैशाखसम्म सञ्चालन हुने खोप अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका ४२ हजार ४२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको हो । यो अभियान जुम्लासहित देशभर नै सञ्चालन हुँदै छ ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार सात वटै स्थानीय तहमा खोप लगाउन टोली परिचालन गरिनेछ । खोपका लागिगाउँ तथा विद्यालयमा १ सय ९१ जनाको खोप टोली परिचालन गरिने भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लालबहादुर सार्कीले खोप अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

Advertisement