November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

2.6K

विराटनगर । प्रदेश नंं.१ मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले सोमबार राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको जानकारी दिए ।

Advertisement

मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा(२) बमोजिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने प्रावधान छ।