November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

माओवादी केन्द्रका नेता वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाँदै

2.9K

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाँदैछन् । पुन पत्नी ओनसरी घर्तीका साथ सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत चीन जान लागेका हुन् ।

पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जाँदैछन् । पुनको बिहान नौ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ ।

पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । जण्डिसको मात्रा (बिलुरुबिन) अनियन्त्रित रुपमा बढेर ३४ पुगेसँगै स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गत १३ असोजमा थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो । दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि पुनलाई १० मंसिरमा चीनबाट विशेषज्ञ चिकित्सकसहितको टोली आएर सेनजेन लगेको थियो ।

Advertisement

पुनको स्वास्थ्यमा सुधार आएपछि १० माघमा स्वदेश फर्किएका थिए । स्वास्थ्य अवस्था सामान्य रहे पनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले जान लागेको पुन पत्नी घर्तीले जानकारी दिइन् ।