November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सलमान खानलाई अदालत उपस्थित हुन आदेश

2.7K

काठमाडौं । तीन वर्ष पुरानो घटनामा भारतीय अदालतले अभिनेता सलमान खानलाई अदालत उपस्थित हुन आदेश दिएको छ । सलमानविरुद्ध मुम्बईको अंधेरी कोर्टले ३ वर्ष पुरानो मामिलामा अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

सलमानमाथि अशोक श्यमाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेको छ । मुम्बईको अंधेरी मजिस्ट्रेट कोर्टले सलमान खान र उनका बडिगार्डलाई अप्रिल महिनाको ५ तारिखमा अदालत पेश हुन आदेश दिएको छ ।

ती पत्रकारले भनेका थिए, ‘सलमानले ममाथि कुटपिट गरेका थिए र मेरो फोृन पनि खोसेका थिए । ’ उनले सलमानविरुद्ध गरिएको उजुरीमाथि कारवाही नगरेको भन्दै प्रहरीमाथि पनि आरोप लगाएका थिए ।

Advertisement

तीन वर्ष अघि पत्रकार अशोक पाण्डेले सलमानले साइकल चलाउँदै गरेको भिडियो सुट गर्न कोसिस गरेका थिए । त्यतिबेला सलमान र उनका बडिगार्डले अशोकमाथि दुर्व्यवहार गरेका थिए र उनको फोन पनि खोसेका थिए । अशोकले सलमानमाथि कुटपिटको आरोप पनि लगाएका छन् ।