November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युक्रेनको सबैभन्दा ठूलो परमाणु केन्द्रमा रुसी सेनाको आक्रमण

२०७८ फाल्गुन २०

3.5K

काठमाडौं : रुसी सेनाले युक्रेनमा रहेको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रमा आक्रमण गरेको छ। 

युरोपकै सबैभन्दा ठूलो जेपोरजिया परमाणु ऊर्जा केन्द्रमा रुसी सेनाले निरन्तर आक्रमण गरिरहेको युक्रेनी अधिकारीहरुले जनाएका छन्। आक्रमणका कारण ऊर्जा केन्द्रको बाहिरी भागमा आगो लागिरहेको तर केन्द्र अहिलेसम्म सुरक्षित रहेको बताइएको छ। 

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले ऊर्जा केन्द्रमै विस्फोट भए ठूलो क्षति हुने भन्दै तत्काल गोलाबारी रोक्न आग्रह गर्नुभएको छ। यो ऊर्जा केन्द्र ध्वस्त भए युक्रेनको विद्युत सेवा अवरुद्ध हुने र केन्द्रमा काम गर्ने कयौँ कर्मचारीको ज्यान असुरक्षित रहने विदेशमन्त्री कुलेबाको भनाइ छ। 

Advertisement

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी आईएईएले परमाणु केन्द्रमाथिको आक्रमण बन्द गर्न रुसलाई आग्रह गरेको छ। त्यस्तै अधिकांश देशहरुले ऊर्जा केन्द्रमाथिको आक्रमण रोक्न आग्रह गरेका छन्। ऊर्जा केन्द्र विस्फोट भए यसले विद्युत प्रसारममा मात्र नभई यसबाट निस्किने खराब विकिरणले कयौँ कोस टाढासम्म बस्ने मानिसको स्वास्थ्यमा प्रतिकुल असर पार्ने बताइएको छ। 

युक्रेनको २५ प्रतिशत विद्युत यो प्लान्टबाट आपूर्ति हुने गरेको छ। यसअघि रुसले युक्रेनको राजधानी किभबाट एक सय मिटर दूरीमा रहेको चर्नोबिल प्लान्ट नियन्त्रणमा लिइसकेको छ। रुसले युक्रेनका विभिन्न सहरमाथि ९ दिनदेखि आक्रमण जारी राखेको छ । दोस्रो विश्व युद्धपछि कुनै देशमाथिको यो सबैभन्दा ठूलो आक्रमण हो। 

जारी आक्रमणमा हजारौँ मानिसको मृत्यु भइसकेको छ भने घाइतेहरुको संख्या पनि निकै ठूलो भइसकेको छ। युक्रेनबाट हालसम्म १० लाखबढी मानिस विस्थापित भइसकेका छन्।